सेयर बजार परिसूचक नेप्से १३ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ३९ करोड – Nepal Press

सेयर बजार परिसूचक नेप्से १३ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ३९ करोड

काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार परिसूचक नेप्से १३.०४ अंकले बढ्दै २७८२.१६ को बिन्दुमा पुगेको छ । आज २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर किनबेचबाट ५ अर्ब ३९ करोडबराबरको कारोबार भयो । यसैगरी सेन्सेटिभ परिसूचकसमेत ४.४२ अंकले बढ्दै करिब ५२१ अंकको बिन्दुमा पुगेको छ ।

आज बैंकिङ समूह, व्यपार समूह, होटल तथा पर्यटन समूह , जीवन बीमा समूह र सामूहिक लगानी कोष समूहको कारोबारमा गिरावट आएको छ ।

आज सबैभन्दा धेरै लघुवित्त संस्थाको सुचाङ्क १३० अंकले बढेको छ । यसैगरी जलविद्युत समूहको ६५ अंक, विकास बैंक समूहको ५०.५७ अंक र अन्य समूहको करिब ४८ प्रतिशतले बढेको छ ।

आज रिडी जलविद्युत कम्पनीको सेयरलगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन् । यसैगरी नेशनल हाइड्रोपावर कम्पनीले २९ करोड १९ लाख रूपैयाँ बराबरको सेयर कारोबार गर्दै कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।

यसैगरी २२ करोड ७५ लाख बराबरको सेयर कारोबार गर्दै अधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर