माओवादी प्रभाव क्षेत्र थवाङमा पालिका अधिवेशन गराउन एमालेको शक्ति केन्द्रित – Nepal Press

माओवादी प्रभाव क्षेत्र थवाङमा पालिका अधिवेशन गराउन एमालेको शक्ति केन्द्रित

रोल्पा । जिल्लाको अधिकांश पालिकामा ९ गते नै अधिवेशन गराएको नेकपा (एमाले) ले माओवादीको प्रभाव क्षेत्र मानिने थवाङ गाउँपालिकामा भने थाती राखेको थियो । अन्तका सबै पालिका अधिवेशन सकाएर नेताहरू थवाङमा जम्मा भएका छन् ।

एमालेले थवाङमा आज अधिवेशन तयारी गरिरहेको छ । थवाङमा र्‍याली निकाले अधिवेशन गर्न लागेको एमाले रोल्पाकी नेता ईश्वरी जिएमले बताइन् । एमालेले थवाङमा अधिवेशन गराउन जिल्लाभरकै शक्ति केन्द्रित गरेको छ ।

जिएमले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवीन रोका, चार प्रदेश सदस्यलगायत थवाङमा पुगेको बताइन् । त्यस्तै एमाले जिल्ला कमिटीमा रहेका अरु धेरै नेताहरू पनि थवाङ पुगेका छन् ।

थवाङलाई तत्कालीन नेकपा माओवादीको सबैभन्दा धेरै प्रभाव रहेको क्षेत्रका रूपमा लिइन्थ्यो । माओवादीहरू त्यसलाई आफ्नो आधार इलाका भन्थे । माओवादी शान्ति प्रक्रियामा आएपछि पनि धेरै समयसम्म त्यहाँ माओवादीबाहेकका पार्टीले आफ्नो संगठन निर्माण गर्न सकेका थिएनन् ।

प्रतिनिधिसभाको २०७४ सालको चुनावमा साविकको थवाङमा शून्य मतदान भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर