लगातार हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त – Nepal Press

लगातार हारपछि बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

एजेन्सी । बर्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान पदबाट बर्खास्त भएका छन् । उनले १४ महिना मात्र नोउ क्याम्पको जिम्मेबारी संहाल्न पाए ।

बर्सिलोनाले ला लिगाको सुरुआती १० खेलमा १५ अंकमात्र जोडेको छ भने च्याम्पियन्स लिग समूह चरणको सुरुआती दुवै खेलमा पराजय ब्यहोरेको छ ।

ल लिगाको अंकतालिकामा नजौं स्थानमा छन् । गएराति रायो भालेकानोसँग पराजित भएपछि उनीहरु शीर्ष स्थानको टिमसँग स्पष्ट ६ अंकले पछि परेका छन् ।

यो हार बार्सिलोनाको पछिल्लो ४ खेलमा तेस्रो हो । त्यसमा आइतबारको एल क्लासिको पनि पर्छ । जहाँ रियल मड्रिड नोउ क्याम्पमा २–१ ले विजयी थियो ।

बार्सिलोनाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘रायो भालेकानोसँग हारेपछि क्लबका अध्यक्ष जोहान लापोर्टाले उनलाई खवर गरिसकेका छन् । कोम्यानले विहीबार टिमसँग विदाई लिनेछन् ।’

नेदल्याण्ड राट्रिय टोलीका पूर्व प्रशिक्षक ५८ वर्षीय कोम्यानले पाँचपल्टको युरोपेली च्याम्पियनलाई गत सिजन लिगमा तेस्रोसम्म बनाए ।

उनलाई क्लबको आर्थिक संकटमा सहयोग गर्न नसकेको आरोप पनि छ । त्यो भन्दा ठूलो कुरा त उनले लियोनल मेस्सीको बहिर्गमन रोक्न सकेनन् । फलस्वरुप यो सिजनको सुरुआतमा मेस्सीको पीएसजी प्रस्थान बाध्यात्मक रह्यो ।

बार्सिलोनाले यो सिजन नयाँ अनुबन्धका लागि पर्याप्त पैसा खर्चिन पनि सकेन । उसले मेम्फिस डिपे, सर्वियो एग्युरो र एसिक गार्सियालाई फ्रि ट्रान्सफरमार्फत ल्याएको थियो भने लुक डी जोङलाई सेभियाबाट लोनमा अनुबन्धद गरेको थियो ।

बुधबार भालेकानोसँगको हारपछि कोम्यानले आफ्नो टिम राम्रो गतिमा नभएको स्वीकारेका थिए । ‘मेरो टिमले आफ्नो सन्तुलन गुमाएको छ । प्रतिभाशाली र जिम्मेबार खेलाडीहरु कमजोर देखिएका छन् । पछिल्ला वर्षहरुमा हामीले जस्तो प्रभाव देखाउने गरेका थियौं, त्यो यसपाली अलिकति पनि छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *