नेप्से १८ अंकले बढ्यो, विकास बैंक र जलविद्युत लगायतका समूहको सुचाङ्क घट्यो – Nepal Press

नेप्से १८ अंकले बढ्यो, विकास बैंक र जलविद्युत लगायतका समूहको सुचाङ्क घट्यो

काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १८.०६ अंकले बढ्दै २७६९.१३ अंकको बिन्दुमा पुगेको छ । २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर खरिदबिक्रीबाट ६ अर्ब ६१ करोडको कारोबार भएको छ । यस्तै ,सेन्सेटिभ परिसूचक ०.४९ अंकले बढेर ५१६.५६ अंकको बिन्दुमा पुगेको छ ।

बुधबारको सेयर कारोबारमा होटल तथा पर्यटन , विकास बैंक ,जलविद्युत र उत्पादनमुलक समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण घटेको छ । बुधबार उत्पादनमुलक समूहको सुचाङ्क सबैभन्दा धेरै ४४ अंकले घटेको छ । यसैगरी होटल समूहको सुचाङ्क १०.२४ अंक, विकास बैंक समूहको १.५५ अंक र जलविद्युत समूहको २०.३८ अंकले समूहगत सुचाङ्क घटेको छ ।

आज पनि जीवन बीमा समूहमा लगानीकर्ता आकर्षण कायम रहेको देखिएको छ । दोस्रोमा नीर्जीवन बीमा समूहको सुचाङ्क सबैभन्दा धेरैले बढेको छ ।

जीवन बीमा समूहको सुचाङ्क ३१७ अंक, नीर्जीवन बीमा समूहको १७८ अंक, लघुवित्त समूहको करिब ५९ अंक , वित्तीय समूहको ९.६६ अंक, बैंकिङ समूहको १३.२६ अंक र व्यापार समूहको २३.४६ अंकले बढेको छ । आज पनि वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ८.८६ प्रतिशतले कमाएका छन् ।

नबिल बैंक आज पनि सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बनेको छ । ४३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको नबिल बैंकको सेयर मूल्य १६०६ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर