न्यायाधीश समाजको ठहर – न्यायालयको विकृति भागबण्डाको उपज – Nepal Press

न्यायाधीश समाजको ठहर – न्यायालयको विकृति भागबण्डाको उपज

काठमाडौं । न्यायाधीश समाज नेपालले न्यायालयमा देखिएको विसंगति भागबण्डाकै उपज भएको बताएको छ ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले विज्ञप्ती जारी गर्दै न्यायिक नेतृत्वका बारेमा उठेका विवादको सम्बन्धमा संविधानको दायराभित्र रहेर समाधान गर्नुपर्ने बताएका हुन् ।

न्यायालय सदैव स्वच्छ र विश्वसनीय हुनुपर्ने भन्दै समाजले स्वतन्त्र र निष्पक्ष न्यायालयको गरिमा सबैले राख्नुपर्ने बताएको हो ।

‘अहिले देखा परेको न्यायपालिकाप्रतिको चिन्ता र चासो निश्चय नै स्वाभाविक छन् । यस प्रकारका चिन्ता र चासोको पद्दतिसंगत र समग्र रुपमा नेपालको संविधानद्वारा निर्धारित दायराभित्र रही तत्काल सम्बोधन हुनुपर्दछ भन्ने न्यायाधीश समाज नेपालको स्पष्ट धारणा रहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

न्यायपालिका स्थायी प्रकृतिको संस्था रहेको भन्दै समाजले न्यायलयलाई आग्रह, पूर्वाग्रहका आधारमा प्रयोग र परीक्षणको विषय बनाउन नहुनेमा समाजले जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर