न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको जवाफ- प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार – Nepal Press

न्यायाधीशहरूलाई प्रधानन्यायाधीशको जवाफ- प्रश्न उठेका सबैले राजीनामा दिने भए म पनि तयार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका १४ न्यायाधीशहरूलाई कडा जवाफ फर्काएका छन् । उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताए ।

स्रोतका अनुसार राणाले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छन् । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्गप्रशस्त गर्छु । होइन भने मिडियाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’

राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए ।

प्रधानन्यायाधीश राणासँग छलफल सकेर १४ न्यायाधीश फेरि आपसी छलफलमा जुटेका छन् । उनीहरुले आज पनि इजलासमा भाग लिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *