न्यायाधीशहरुको बैठक सकियो, भोलि प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने – Nepal Press

न्यायाधीशहरुको बैठक सकियो, भोलि प्रधान न्यायाधीशलाई भेटेर निकास खोज्ने

काठमाडौं । फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ ।

विहानदेखि इजलास बंक गरेर छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि साढे ११ बजे प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको एक न्यायाधीशले बताए ।

सर्वोच्चका अधिकांश न्यायाधीशले अदालत विवादमा परेको भन्दै प्रधान न्यायाधीशले निकास दिनुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन् । आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर