नेपाल बैंकले १७ प्रतिशत लाभांश दिने – Nepal Press

नेपाल बैंकले १७ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन लागेको हो । बैंकले सेयर र नगद लाभांश गरी चुक्ता पुँजीको १७ प्रतिशत बोनस दिने भएको छ ।

नेपाल बैंक लिमिटेडलको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिनुपर्छ । नेपाल बैंकको १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बोनस सेयर वितरणपछि १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर