खोटाङमा एमालेको नयाँ प्रयोग, वडा कमिटीका पदाधिकारी र सदस्य सबै महिला – Nepal Press

खोटाङमा एमालेको नयाँ प्रयोग, वडा कमिटीका पदाधिकारी र सदस्य सबै महिला

खोटाङ । विधानमा पार्टीका सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गराएको एमालेले खोटाङको एउटा वडामा भने सबै पदाधिकारी र सदस्यहरुमा महिलामात्रै निर्वाचित गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशनले महिलामात्रै रहेको ३१ सदस्यीय कमिटी चयन गरेको हो । च्यास्मिटारमा भएको अधिवेशनको प्रमुख अतिथी पनि महिला नै थिइन्, रुपाकोट मझुवागढीकी उपमेयर विणादेवी राई ।

अधिवेशनले टारमिला राईलाई अध्यक्ष, कमलकुमारी राई उपाध्यक्ष, सम्झना राई सचिव र अस्तिा राई तथा प्रेमकुमारी विकलाई उपसचिव चयन गरेको छ । महिलामात्रै कमिटीमा निर्वाचित भएको सम्भवतः यो एकमात्र वडा हो ।

एमाले प्रदेश कमिटी सदस्य समेत रहेकी उपमेयर राइले खोटाङका सबै वडामा कम्तिमा ३३ प्रतिशत र एउटामा शतप्रतिशत महिला चयन भएको जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर