प्रदेश १: एमाले–कांग्रेसको आग्रहपछि प्रदेशसभा बैठक स्थगित, अर्को बैठक कात्तिक १५ गते  – Nepal Press

प्रदेश १: एमाले–कांग्रेसको आग्रहपछि प्रदेशसभा बैठक स्थगित, अर्को बैठक कात्तिक १५ गते 

काठमाडौं । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची भएको प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएको छ । अर्को बैठक कात्तिक १५ गतेका लागि बोलाइएको छ ।

एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र लेखेर कात्तिक १५ सम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका थिए ।

मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आजको बैठकमा मतदान गर्ने कार्यसूची तय भएको थियो ।

यसअघि आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि नेपाली कांग्रेसले पनि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर