संविधानसभा सदस्य केसीद्वारा नेकपा एसको अनुशासन आयोग सदस्य अश्वीकार, एमालेमै क्रियाशील हुने – Nepal Press

संविधानसभा सदस्य केसीद्वारा नेकपा एसको अनुशासन आयोग सदस्य अश्वीकार, एमालेमै क्रियाशील हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोग सदस्य हिराबहादुर केसीले सो पद अश्वीकार गर्दै एमालेमै रहेको प्रष्ट पारेका छन् । प्युठानबाट २०७० मा संविधानसभा सदस्य समेत निर्वाचित भएका केसीले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहने बताएका हुन् ।

आइतबारै प्युठान निवासी एमाले स्थायी कमिटी सदस्य मणी थापा र केन्द्रीय सदस्य सुर्य थापासहित केन्द्रीय कार्यालय पुगेका केसीले पार्टी महासचिव ईश्वर पोखरेलसहितका नेताहरुसँग भेट गरेर नेकपा एसमा नलागेको प्रष्ट पारेका छन् ।

२०७० को संविधानसभा निर्वाचनमा प्युठानबाट वामदेव गौतम र हिरा केसी एमालेको उम्मेदवार भएर निर्वाचित भएका थिए । केसीलाई नेकपा एसले अनुशासन आयोगमा राखेको थियो ।

यसअघि नेकपा एसका केन्द्रीय सल्लाहकार तथा प्युठानका पुराना नेता शोभाराम भण्डारी पनि एमालेमै फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर