सिरी ‘ए’मा साम्पडोरिया विजयी – Nepal Press

सिरी ‘ए’मा साम्पडोरिया विजयी

काठमाडौं । इटालियन सिरी ‘ए’अन्तर्गत शुक्रबार राति भएको खेलमा साम्पडोरियाले स्पेजियालाई २–१ गोलको नतिजामा पराजित गरेको छ । साम्पडोरियाको घरेलु मैदानमा भएको खेलको १५औं मिनेटमा आफ्नै खेलाडीले गरेको आत्मघाति गोलसँगै स्पेजिया १–० ले पछि परेको थियो ।

इमानुएल क्वार्टसिन ग्यासीले गरेको आत्मघाति गोलसँगै सुरुआतमै लिएको अग्रता ३६औं मिनेटमा साम्पडोरियाले दोब्बर पारेको थियो । मानोलो गाबियाडिनीले दिएको पासमा एन्टोनियो क्यान्ड्रेभाले गरेको गोलसँगै पहिलो हाफमा साम्पडोरियाले २–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुआतदेखि नै खेलमा फर्किने प्रयास गरेको स्पेजियाका लागि इन्जुरी समयमा ड्यानिएल भर्देले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन ।

जितसँगै साम्पडोरिया ९ खेलबाट ९ अंक जोड्दै लिग तालिकाको १३औं स्थानमा उक्लिएको छ । समान खेलबाट ७ अंक जोडेको स्पेजिया १७औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *