किन भारत जाँदैछन् महामन्त्री कोइराला ? – Nepal Press

किन भारत जाँदैछन् महामन्त्री कोइराला ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ३ दिनका लागि भारत भ्रमणमा जाने भएका छन् ।

मुम्बईमा उपचाररत कांग्रेस सांसद कर्मा घलेलाई भेट्न महामन्त्री कोइराला भारत जान लागेका हुन् । कांग्रेसको १४ औं महाधिवेशन संघारमा रहेकोले कोइरालाको भ्रमणलाई राजनीतिक रूपमा पनि हेर्न खोजिएको छ । महामन्त्री कोइरालाका राजनीतिक सहयोगी भरत तिवारीले भने भ्रमण विशुद्ध व्यक्तिगत रहेको बताए ।

‘कर्माजी मुम्बईको ब्रिज क्याण्डी अस्पतालमा क्यान्सरको उपचार गराइरहनुभएको छ । अग्रज नेता प्रदीप गिरी पनि दिल्लीमा उपचाररत हुनुहुन्छ । उहाँहरुलाई भेट्नेबाहेक कुनै कार्यक्रम छैन’, तिवारीले नेपाल प्रेससँंग भने ।

कांग्रेस नेता प्रदीप गिरी पनि भारतको दिल्लीमा उपचार गराइरहेका छन् । महामन्त्री कोइराला, नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्का लगायतको टोली भारत जान लागेको हो । उनीहरु शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा गई सडकमार्गबाट मुम्बई जानेछन् । महामन्त्री कोइराला सोमबार नेपाल फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर