पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन

२०७८ कार्तिक ५ गते १७:२५

जनकपुरधाम । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।
उच्च रक्तचापका कारण बिहिबार अबस्था गम्भीर बनेपछि पत्रकार गुप्तालाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । सिरहाको लहान नगरपालिका १ घर भएका गुप्ताको अस्पतालमै उपचारको क्रममा आज निधन भएको हो ।
गुप्ताको शव आजै लहान ल्याएको छ । आजै उनको अन्तिम संस्कारको गरिने नेपाल पत्रकार महासंघ सिरहा शाखाका सभापति मनोज बनैताले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर