पीडित किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्षको घोषणा – Nepal Press

पीडित किसानलाई प्रतिकठ्ठा ४० किलो धान दिने वडाध्यक्षको घोषणा

जनकपुरधाम । बेमौसमी वर्षाले भित्र्याउने बेलामा धान बालीमा क्षति पुर्‍यापछि जनकपुरधामका एक वडाध्यक्षले राहत दिने घोषणा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका- १ का वडाध्यक्ष शत्रुधन साहले आज पत्रकार सम्मेलन गरी आफ्ना वडाका पीडित किसानहरुलाई प्रतिकट्ठा ४० किलो धान राहत दिने घोषणा गरेका हुन् ।

उनले राहतका दिन क्षतिको विवरण संकलन गरिरहेको पनि जानकारी दिए । कार्तिक १ र २ गते भएको अविरल वर्षाका कारण किसानहरुको अन्नबालीमा ठुलो क्षति पुगेको थियो । अहिलेसम्म संघ, प्रदेश र स्थानीय मध्ये कुनै तहको सरकारले पीडित किसानलाई राहत दिने घोषणा गरेका छैन् ।

तर वडाध्यक्ष साहले आफ्नो निजी खर्चबाट किसानहरुलाई क्षतिपुर्ति उपलब्ध गराउने बताएका छन् । उनले भने,‘सरकारले किसानलाई राहत दिन चासो नदेखाएपछि आफ्नै घरबाट राहत दिने घोषणा गर्दछु ।’

यसअघि पनि वडाध्यक्ष साहले कोरोना महामारीका कारण गरिएको लकडाउनका बेला पनि आफ्नो वडाका गरिब, विपन्न र असहायहरुका लागि निस्शुल्क खाना खुवाएका थिए । साथै आफ्ना वडाका हरेक गरिब परिवारलाई विभिन्न खालको सहयोग समेत उनले गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर