यसरी हुँदैछ एमालेको वडा अधिवेशन, ‘वार रुम’मा ओलीसँगै २ लाख बढी सदस्य जोडिने (सर्कुलरसहित) – Nepal Press

यसरी हुँदैछ एमालेको वडा अधिवेशन, ‘वार रुम’मा ओलीसँगै २ लाख बढी सदस्य जोडिने (सर्कुलरसहित)

काठमाडौं । नेकपा एमालेले देशभरका करीव ६ हजार वडामा एकैपटक पहिलो अधिवेशन आयोजना गदै २ लाख भन्दा बढी कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको छ ।

एउटा वडामा मात्र अध्यक्ष भौतिक रुपमा उपस्थित भएर उद्घाटन गर्नुभन्दा देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर केन्द्रीय अध्यक्षले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार अध्यक्ष ओलीले केन्द्रीय कार्यालयबाट वडा अधिवेशनहरुको उद्घाटन र शुभकामना मन्तव्य दिनेछन् । त्यसक्रममा दुईदेखि साढे दुई लाख कार्यकर्ता प्रत्यक्ष रुपमा भर्चुअल माध्यमबाट जोडिने अनुमान गरिएको छ ।

केन्द्रीय कार्यालयमा वडा अधिवेशनको ब्यानर राखेर अध्यक्ष ओली र केन्द्रीय नेताहरु बस्नेछन् । इन्टरटेन पहुँच भएका सबै वडा अधिवेशनस्थलमा जुम आइडीको लिंक पठाइने तामाङले बताए ।

केन्द्रीय कार्यालयको तर्फबाट तामाङले विहीवारै सबै जिल्ला कमिटीहरुलाई वडा अधिवेशनको विधिबारे मापदण्ड पठाइसकेका छन् । प्रत्येक वडामा जिल्ला कमिटीले खटाएका एकजना सदस्य अनिवार्य उपस्थित हुनेछन् ।

सकेसम्म सर्वसममत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न केन्द्रले सर्कुलर गरेको छ । राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थानीय तहका अधिवेशन हुन लागेकाले एमालेले अधिवेशनको संख्या पहिलो भन्न निर्देशन दिएको छ ।

यसअघि एमालेका वडा कमिटी,गाउँ कमिटी,इलाका कमिटी र नगर कमिटीहरुका अधिवेशन भएका थिए । तर ती अब इतिहासमा रहने र नयाँ संरचनाका आधारमा पहिलो अधिवेशन मानिने तामाङले बताए ।

एमालेको वडा अधिवेशनसम्बन्धी सर्कुलर यस्तो छ-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर