प्युठानको अरङ खोलामा बेपत्तामध्ये बालकको शव भेटियो – Nepal Press

प्युठानको अरङ खोलामा बेपत्तामध्ये बालकको शव भेटियो

रूपन्देही । प्युठानको अरङखोलामा हिजो बेपत्ता भएकामध्ये थप एक बालकको शव भेटिएको छ ।

बुधबार बिहान माण्डवी गाउँपालिका-४ आँपचौरमा घर नजिकैको खोला तर्ने क्रममा बेपत्ता भएका २ वर्षीया दिनेश कार्कीको शव त्रिवेणीधाम बगरमा भेटिएको हो ।

योसँगै मृतकको संख्या दुई पुगेको छ । एकजना अझै बेपत्ता छन् । स्थानीय ८ वर्षीया अनुष्का अधिकारीको अवस्था अज्ञात रहेको र खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिए ।

हिजो २८ वर्षीया देवीसरा कार्कीको शव भेटिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *