भैँसेपाटीमा चौधरी ग्रुपको हाउजिङ परियोजना सुरू – Nepal Press

भैँसेपाटीमा चौधरी ग्रुपको हाउजिङ परियोजना सुरू

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैँसेपाटी’ हाउजिङ परियोजना सुरू गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो ।

सीजी डेभलपर्सले यहाँ ६० वटा सुविधासम्पन्न घरहरू निर्माण थालेको हो । आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडकलगायतका भौतिक संरचना र भीआईपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिँदै आएका उपभोक्ताहरूलाई लक्षित गरी परियोजना संचालनमा ल्याइएको ग्रुपले जनाएको छ ।

‘सीजी हिल्स प्रिमियम सम्पूर्ण रूपमा एउटा सुन्दर घर परिकल्पनाको साकार रूप त हो नै त्यसका अलावा यो आफैमा स्टाटस सिम्बोलका रुपमा समेत स्थापित हुनेछ’, परियोजना प्रमुख इन्जिनियर नारायण श्रेष्ठ भन्छन्, ‘सीजीसँग बर्षौदेखि जोडिँदै आउनुभएका हाम्रा प्रिय उपभोक्ताहरूका लागि यति सुन्दर परियोजना समर्पण गर्न पाँउदा हामी निकै खुसी छौँ र यो उहाँहरुका लागि एउटा दुर्लभ अवसर सावित हुनेछ भन्नेमा पनि विश्वस्त छौँ ।’

यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन् । करिब २७ सय वर्गफिटदेखि ३७ सय वर्गफिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन् । यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन् । नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाइने बताइएको छ ।

फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर