करिब ६१ अंकले बढ्यो नेप्से, कारोबार २ अर्ब ६८ करोडमा सीमित – Nepal Press

करिब ६१ अंकले बढ्यो नेप्से, कारोबार २ अर्ब ६८ करोडमा सीमित

काठमाडौं । बैंक वित्तीय संस्थाको निक्षेपमा केन्द्रीय बैंकको हस्तक्षेपले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । ब्याजदर बढेको भन्दै अघिल्ला दुई दिनको कारोबारमा उच्च अंकले घटेको थियो ।

आज नेप्से ६०.५६ अंकले बढ्दै २५७१.६६ अंकको विन्दुमा कारोबार बन्द भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.०९ अंकले बढ्दै ४८४.०५ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २१७ कम्पनीको ६१ लाख १ हजार ४१४ कित्ता सेयर किनबेच भएको नेप्सेमा करिब २ अर्ब ६७ करोड कारोबार भयो ।

नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने सुधार हुन सकेन । २० अर्बसम्म कारोबार हुने गरेको सेयर बजार पछिल्लो समय २ देखि ३ अर्बको बीचमा खुम्चिएको छ ।

आज १३ वटै समूहगत परिसूचकमा हरीयाली छाएको छ । सबैभन्दा बढी नीर्जीवन बीमा समूहको सुचाङ्क २५८ अंकले बढ्यो । यसैगरी जीवन बीमा समूह १२३ अंकले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर