राष्ट्र बैंककाे निर्देशनकाे प्रभाव: बजार खुलेकै १० मिनेटमा ६६ अंकले बढ्यो नेप्से – Nepal Press

राष्ट्र बैंककाे निर्देशनकाे प्रभाव: बजार खुलेकै १० मिनेटमा ६६ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजार परिसुचक नेप्से बजार खुलेकै १० मिनेटमा नै ६६.४१ अंकले बढेको छ । यसअवधिमा १५८ कम्पनीको ३ लखा ५९ हजार ६६७ कित्ता सेयर किनबेचबाट करिब २१ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बैंक वित्तीय संस्थाले निक्षेपको ब्यादजर १२ प्रतिशतसम्म पुर्याएपछि नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७७ संसोधन गर्दै ब्याजदर घटाउन निर्देशन दिएको छ ।

बैंक वित्तीय संस्थाले अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशत भन्दा बढि ब्याजदर बढाउन नपाउने व्यवस्था गरेको छ । यसैगरी सर्वसाधारणलाई दिने ब्याजदरभन्दा संस्थागत मुद्दतीको ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

आजैबाट लागु हुने गरि नयाँ व्याजदर सार्वजनिक गर्न बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र निर्देशन दिएको छ । यसैको प्रभाव स्वरुप सेयर बजार परिसुचक नेप्सेमा उछाल आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर