पहिरोले घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु

२०७८ कार्तिक २ गते १६:४०

सुनसरी । अविरल वर्षापछि खसेकाे पहिराेले घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका- १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् ।
आज दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झरी उनको १ तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटिएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईबालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया
सम्बन्धित खवर