सेयर बजारमा पहिरो, एकैदिन ७७ अंकले घट्दा बजार पुग्यो २५१० अंकको बिन्दुमा – Nepal Press

सेयर बजारमा पहिरो, एकैदिन ७७ अंकले घट्दा बजार पुग्यो २५१० अंकको बिन्दुमा

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा उच्च अंकको गिरावटको सिलसिला कायम नै छ । केही समययता २५५० अंकभन्दा तल नझरेको नेप्से २५१० अंकमा झरेको छ ।

नेप्से करिब २ महिनाको अवधिमा करिब ७ सय अंकले घटिसकेको छ। मंगलबार सेयर बजार परिसुचक नेप्से ७७.३३ प्रतिशतले घट्दै २५१०.७३ अंकको विन्दुमा पुगेको छ । २२१ कम्पनीको सेयर कारोबारबाट करिब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आइतबार र सोमबारको तुलनामा कारोबारको रकममा भने वृद्धि देखिएको छ । यसैगरि ‘क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १३.२८ अंकले घट्दै करिब ४७२ अंकको बिन्दुमा कारोबार बन्द भएको छ ।

सबै समूहगत परिसुचकहरु घटेका छन् । जलविद्युत कम्पनीका सेयरहरु उच्च अंकले घटेका छन् भने केहि लघुवित्त वित्तीय संस्थाहरुको सेयर करिब ५ प्रतिशत भन्दा कमले बढेका छन् ।

नेप्सेमा सुचीकृत भएका कम्पनीले घोषणा गरेको लाभांश भन्दा बढी निक्षेपमा ब्याजदर पाउने देखिपछि लगानीकर्ता बचत गर्न प्रोत्साहित हुन सक्ने संकेत देखिन थालेको छ ।

दसैंपछि बजारमा सुधार हुने आशा भने अझैपनि कायम नै रहेको देखिन्छ । अर्थमन्त्री तथा राष्ट्र बैंकको भुमिकाप्रति सन्तुष्ट हुन नसकेका लगानीकर्ता पछिल्लो समय अन्योलमा देखिन्छन् ।

यसैगरी निमनकारी निकाय धितोपत्र बोर्ड अध्यक्ष र फ्रन्टलाइन रेगुलेटर नेप्सेमा पनि कार्यकारी अधिकृत नहुदा पनि लगानीकर्ता बजारप्रति आशावादी हुन सकेका छैनन् । ब्याजदरमा भएको वृद्धि, मार्जिन प्रकृतिको कर्जामा गरेको कडाई र अर्थमन्त्रीको सेयर बजारप्रतिको अनुदार दृष्टिका कारण बजार बढ्न नसकेको विश्लेषण भइरहेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर