जनकपुर जलमग्न, आज यस वर्षकै सबैभन्दा बढी वर्षा


जनकपुरधाम । विहानैदेखिको परेको अविरल वर्षाले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न बनेको छ ।
वर्षाको पानीले जनकपुरधामको सडकहरु जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ । पसलहरुमा पानी पसेर व्यावसायीहरु समस्यामा परेको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए ।
उनका अनुसार यो वर्षमै सबभन्दा बढी वर्षा आज भएको छ ।
वर्षाले अहिलेसम्म जिल्लामा कुनै किसिमको मानविय क्षति नभएको प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जानकारी दिए । यद्यपि क्षति विवरण संकलन गर्न प्रहरीलाई परिचालन गरिएको उनको भनाई छ ।
धनुषा- सिरहा जोड्ने कमला नदीमा अहिलेसम्म पानीको सतह खतरा पार गरेको छैन् । ‘कमलामा अहिले ठूलो बाढी आएको छैन’ सपी रानाभाट भन्छन्, ‘पहाडी क्षेत्रमा वर्षा भयो भने बाढी आउछ ।’