एएफसी यु-२३ एसियन कप छनोट खेल्न नेपाली टोली ताजकिस्तान उड्यो – Nepal Press

एएफसी यु-२३ एसियन कप छनोट खेल्न नेपाली टोली ताजकिस्तान उड्यो

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट खेल्न नेपाली टोली ताजकिस्तान प्रस्थान गरेको छ । मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा मंगलबार बिहान फ्लाइ दुबईमार्फत नेपाली टोली ताजकिस्तानतर्फ लागेको हो ।

एएफसी यु–२३ एसियन कप छनोटको समूह ‘बी’मा रहेको नेपालले ताजकिस्तान, इरान र लेबनानसँग खेल्ने छ । यस्तै नेपालले छनोटअघि इन्डोनेसियाको यु–२३ टोलीसँग अक्टोबर २२ अर्थात आगामी शुक्रबार मैत्रीपूर्ण खेल खेल्दै छ ।

नेपालले छनोटअन्तर्गत अक्टोबर २५ मा इरानसँग, अक्टोबर २८ मा ताजिकिस्तानसँग, अक्टोबर ३१ मा लेबनानसँग खेल्ने छ ।

यो छनोटबाट ११ समूहका विजेता र चार उत्कृष्ट नतिजा निकाल्ने उपविजेताले पनि उज्बेकिस्तानमा २०२२ मा हुने एएफसी यु–२३ एसियन कपमा स्थान बनाउने छन् ।

नेपाली टिम: अर्पण कार्की, विशाल सुनार, अविशेक बराल, सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दीप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु, नितिन थापा, सुरज जेउ ठकुरी, आयुस घलान, शेशेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहरी, ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ, एरिक विष्ट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *