राजनीतिक गुरु मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक पुगे प्रचण्ड – Nepal Press

राजनीतिक गुरु मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न नर्भिक पुगे प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

दमको समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत वैद्यलाई अस्पतालमै भेटेर प्रचण्डले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेलका अनुसार लामो समयदेखि दमबाट ग्रसित वैद्यलाई अप्ठयारो महसुस भएपछि नर्भिकमा भर्ना गरिएको हो ।

वैद्यलाई प्रचण्डको राजनीतिक गुरु मानिन्छ । माओवादी आन्दोलनमा लामो समय सहकार्य गरेका प्रचण्ड र वैद्य २०६८ सालयता अलग–अलग पार्टीमा सक्रिय छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर