अल्मुताइरीमाथि कारवाही गर्न मिल्दैन, साफले निर्णय सच्याओस् : गणेश थापा – Nepal Press

अल्मुताइरीमाथि कारवाही गर्न मिल्दैन, साफले निर्णय सच्याओस् : गणेश थापा

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष तथा नेपाली फुटबल टिमका भुतपूर्व कप्तान गणेश थापाले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीमाथि गरिएको कारवाही गलत भएको बताएका छन् । साफको नियमावलीअनुसार कुनै पनि हालतमा उनलाई कारवाही गर्न नमिल्ने थापाको भनाइ छ ।

फेसबुकमा स्टाटस लेख्दै थापाले साफले आफ्नो निर्णय सच्याउनुपर्नेमा जोड दिएका छन् । थापाले लेखेका छन्, ‘एन्फा नेतृत्व स्वयं माल्दिभ्समा भएको अवस्थामा साफको वैठकमा र एफसी तथा फिफामा कुरा गर्नुपर्छ । होइन भने नेपालका मुख्य प्रशिक्षकलाई र नेपाललाई ठूलो अन्याय हुनेछ ।’

हरेक प्रतियोगिताको छुट्टाछुट्टै नियमावली हुने भन्दै थापाले असाधारण परिस्थिति आएको अवस्थामा बाहेक एफसी र फिफाको नियमावली देखाएर कारवाही गर्न नमिल्ने बताएका छन् ।

समूह चरणका दुई खेलमा अनुशासन उल्लंघन गरेको भन्दै अल्मुताइरीर्लाइ अम्पायरले पहेँलो कार्ड दिएका थिए । त्यसैका आधारमा साफले उनलाई फाइनल खेलमा टच लाइनमा बस्न प्रतिवन्ध लगाएको छ । प्रतियोगिता नियमावलीअनुुसार खेलाडीबाहेकलाई यस्तो प्रतिवन्ध नलाग्ने भन्दै अब्दुल्लाहले आलोचना गरेका छन् ।


प्रतिक्रिया

One thought on “अल्मुताइरीमाथि कारवाही गर्न मिल्दैन, साफले निर्णय सच्याओस् : गणेश थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर