पेनाल्टी विवादास्पद भन्दै बंगलादेशी मिडियामा खैलाबैला ! – Nepal Press

पेनाल्टी विवादास्पद भन्दै बंगलादेशी मिडियामा खैलाबैला !

इटहरी । आज बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपालले साफ च्याम्पियनसीपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले ९ मिनेटमै अग्रता लिएपछि दबाबमा परेको नेपालका लागि ८८ औं मिनेटमा अञ्जन विष्टको पेनाल्टीमार्फत गरेको गोलले फाइनल यात्रा तय गरेको हो ।

बंगलादेशी मिडियाले भने नेपालको जितलाई विवादास्पद भनेका छन् । बंगलादेशको नम्बर वान अंग्रेजी भाषाको अखबार डेल्ली स्टारले विवादास्पद पेनाल्टीको कारण १६ वर्षमा पहिलोपटक फाइनल पुग्ने बंगलादेशी सपना तुहिएको लेखेको छ ।

उसले लेखेको छ, ‘निर्धारित समय सकिन केही मिनेट मात्रै बाँकी हुँदा नेपाली खेलाडी लडेको देखाउँदै रेफ्रीले पेनाल्टी दिए । तर, रिप्लेमा भने नेपाली खेलाडीलाई सामान्य छोएकोमात्रै देखिएको थियो ।’

यस्तै बंगलादेशको ढाका ट्रिव्युनलगायतका मिडियाहरूले समेत यही भाषा प्रयोग गरेका छन् । फुटबलमा आफू अनुकुल नतिजा नआएपछि अम्पायरको निर्णयमा प्रश्न उठाउने आम प्रचलन हो । खासगरी पेनाल्टीमा भएका गोलमाथि यस्तो विवाद उब्जाउने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर