दसैँको शुभकामना दिँदै प्रचण्डले भने- परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार – Nepal Press

दसैँको शुभकामना दिँदै प्रचण्डले भने- परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै चाडपर्व मनाउन अपील गरेका छन् ।

दसैं, तिहार, नेपाल संवत्, छठलगायतका पर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना महामारीका कारण अझै सहजरूपमा चाड मनाउने अवस्था नभएकोले सुरक्षा सतर्कता मनाउन अनुरोध गरेका हुन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन्’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।’

यस्ता सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको भन्दै प्रचण्डले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर