ओटीटी प्लेटफर्ममा प्रशारण हुने फिल्म र विज्ञापनलाई सेन्सर गर्ने सरकारको निर्णय – Nepal Press

ओटीटी प्लेटफर्ममा प्रशारण हुने फिल्म र विज्ञापनलाई सेन्सर गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले  नेपालमा स्वच्छन्दरुपमा सञ्चालन भइरहेका ओटीटी र आइपीटीभी प्लेटफर्ममाथि नियमन सुरु गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्युतीय संचारमाध्यम र विज्ञापन फिल्मलाई पनि सेन्सरको दायरामा ल्याउने जनाएको छ ।

इन्टरनेटका विभिन्न प्लेटफर्ममार्फत प्रशारण हुने स्वदेशी-विदेशी फिल्म तथा विज्ञापनहरु हालसम्म कुनै सेन्सरबिना जस्ताकाे तस्तै दर्शकसम्म पुगिरहेका छन् । यसलाई सरकारले कानूनी दायरामा ल्याउनुपर्ने आवाज उठेपछि सरकारले सम्बाेधन गरेकाे हाे ।

मन्त्रालयकाे सूचनामा यस्ता  फिल्म तथा विज्ञापन फिल्मको जाँचपास गराएर मात्र सार्वजनिक प्रदर्शन र प्रसारण गर्न मन्त्रालयले भनेको छ । नियमको उल्लंघन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजारसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने तथा उपकरणहरु जफत गर्न सक्ने छन् ।

यो पनि पढ्नूस- ओटीटी प्लेटफर्ममा नेपाली फिल्म : न सरकारलाई कर, न निर्मातालाई भर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर