लुम्बिनीका नयाँ १० मन्त्रीले लिए सपथ, १७ सदस्यीय बन्यो मन्त्रिमण्डल (सूचीसहित) – Nepal Press

लुम्बिनीका नयाँ १० मन्त्रीले लिए सपथ, १७ सदस्यीय बन्यो मन्त्रिमण्डल (सूचीसहित)

रूपन्देही । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको दुई महिनापछि मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय पुर्‍याइएको छ । पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।

संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

कांग्रेसबाट पाल्पाका वीरबहादुर राना ऊर्जा, जलस्रोत तथा सिँचाई, बाँकेका सुरेन्द्रबहादुर हमाल वन वातावरण तथा भूसंरक्षण मन्त्री र रुपन्देहीका बसिउद्दिन खाँ शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्री भएका छन् ।

यस्तै कांग्रेसबाट राज्यमन्त्रीमा दाङका अर्जुनकुमार श्रेष्ठ र कपिलवस्तुकी रिना नेपाल विकले सपथ लिएकी छन् । श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री र रिना पर्यटन, ग्रामीण तथा सहरी विकास राज्यमन्त्री भएकी हुन् ।

माओवादीबाट बर्दियाका तिलकराम शर्मा आन्तरिक मामिला तथा सञ्‍चार, दाङका इन्द्रजित थारू स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री भएका छन्।

माओवादीबाट दाङकी विमलाकुमारी वली खत्री स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री र कपिलवस्तुकी सुष्मा यादव कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री भएकी छन् । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती कानून, महिला, बाालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भएकी छन् ।

लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो । माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी गराइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर