माओवादीका प्रदेश पदाधिकारी तोकिए (सूचीसहित) – Nepal Press

माओवादीका प्रदेश पदाधिकारी तोकिए (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका अध्यक्ष र सचिव चयन गरेको छ । स्थायी कमिटीको हालै बसेको बैठकले प्रदेश नेतृत्वलाई पूर्णता दिएको हो ।

माओवादीका अनुसार प्रदेश १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् । अध्यक्षमा यसअघिकै सुरेशकुमार राई छन् ।
त्यस्तै प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र सचिव जोग कुमार बरबरिया यादव चयन भएका छन् । वागमती प्रदेशको सचिवमा अञ्जना विशंखे चयन भएकी छन् । अध्यक्ष यसअघि नै नारायण दाहाल छन् ।

माओवादी केन्द्रले गण्डकी प्रदेशको सचिवमा देवेन्द्र पराजुली, सुदूरपश्चिमको अध्यक्षमा शरदसिंह भण्डारी र सचिवमा देवीलाल चौधरीलाई चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर