हरिवन नगरपालिकाका वडाध्यक्ष लोप्चन एमाले प्रवेश – Nepal Press

हरिवन नगरपालिकाका वडाध्यक्ष लोप्चन एमाले प्रवेश

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका– ३ का वडाध्यक्ष दीपमान लोप्चन आफ्ना सहयोगीसहित एमालेमा प्रवेश गरेका छन् । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका लोप्चन शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा समाहित भएको नेता विदुर प्याकुरेलले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य जुली महतो, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईलगायत उपस्थित थिए ।

यसअघि सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकास यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर