अध्यादेशको विरोध गर्ने माधव नेपालले पार्टी बनाउन अध्यादेशकै सहारा लिए: गोकर्ण विष्ट (भिडिओ) – Nepal Press

अध्यादेशको विरोध गर्ने माधव नेपालले पार्टी बनाउन अध्यादेशकै सहारा लिए: गोकर्ण विष्ट (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले राजनीतिक दल विभाजन अध्यादेशको विरोध गर्ने माधव नेपालले त्यसकै सहारा लिएर पार्टी बनाएको आरोप लगाएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा विष्टले भने, ‘दल विभाजनको अध्यादेशको विरोध गर्ने, माधव नेपाल र झलनाथ खनाल २० प्रतिशतले पुग्ने अध्यादेश छापामार शैलीमा ल्याएर दल विभाजन गर्नुभयो । यो नैतिक र राजनीतिक कुनै पनि हिसाबले उपयुक्त हुन सक्दैन ।’

आफूहरूले पार्टी विभाजन गर्नुहुँदैन भनेर पटक-पटक सम्झाउँदा पनि नेता नेपालले आफूहरूको कुरा नसुनेको बताए । ‘पार्टीमा आफ्नो विचारको पक्षमा बहुमत भएन भनेर विभाजनमा जाने हो भने पार्टीभित्र अन्तरसंघर्ष गर्नुपर्छ भन्ने कुराको के अर्थ ?,’ उनले भने, ‘जनवादी केन्द्रियताको आधारमा समाधान खोज्नुपर्छ भनेर हामीले पटक-पटक सम्झाएका थियौं ।’

विष्टले थपे, ‘उहाँ तपाईंहरूले जति तर्क गरे पनि मान्दिनँ भन्नुहुन्थ्यो । चैतमा भएको भेलाको म्याण्डेट पनि विभाजन थिएन । लामो कुरा हुन्थ्यो स्थायी कमिटीमा, उहाँले फेरि जवाफ दिनुहुन्थ्यो- तपाईंहरुले जति भने पनि म मान्दिनँ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर