दाजुभाइ नै मन्त्री बन्ने संयोगः केन्द्रमा गजेन्द्र, प्रदेशमा सुरेन्द्र – Nepal Press

दाजुभाइ नै मन्त्री बन्ने संयोगः केन्द्रमा गजेन्द्र, प्रदेशमा सुरेन्द्र

आजका लागि तय भएको सुरेन्द्रको सपथ भने स्थगित

रुपन्देही । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणका जेठान गजेन्द्र हमालसँगै उनका भाइ सुरेन्द्र हमाल पनि मन्त्री बन्ने निश्चित भएको छ ।

सुरेन्द्र लुम्बिनी प्रदेशका बन्ने भएका हुन् । उनको आजै सपथ हुने भनिए पनि गठबन्धनभित्र कुरा नमिलेका कारण स्थागित भएको छ । गजेन्द्रले भने आजै संघीय सरकारको उद्योगमन्त्रीको सपथ ग्रहण गर्दैछन् ।

कांग्रेसले सुरेन्द्रलाई लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षणमन्त्री बनाउने औपचारिक निर्णय गरिसकेको छ ।
उनीहरु दुवैजना बाँकेको नेपालगन्ज उपमहानगरपालिका– २ का हुन् ।

गजेन्द्र केही समययता धार्मिक अभियानमा लागेका थिए । शुशील कोइरालाले ठाउँ नदिएको भन्दै उनले हिन्दू जागरण अभियान चलाएर बसेका थिए ।

कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुद्दिन खानले वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीमा रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।

यस्तै काँग्रेस भागमा परेको राज्यमन्त्रीको नाम पनि टुंगो लागेको छैन । प्रदेशमा टुंगो लगाउन नसकेपछि कांग्रेस केन्द्रले नै मन्त्रीको टुंगो लगाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर