मन्त्री बन्नेको सूचीमा नअटाएपछि मेटमणिले भने – पार्टी बनिनसक्दै गुनासो गर्नुको अर्थ छैन – Nepal Press

मन्त्री बन्नेको सूचीमा नअटाएपछि मेटमणिले भने – पार्टी बनिनसक्दै गुनासो गर्नुको अर्थ छैन

काठमाडौं । पार्टीबाट मन्त्री बन्नेको सूचीमा नअटाएपछि नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले आफ्नो गुनासो नरहेको बताएका छन् ।

नेकपा एसबाट मन्त्री बन्नेको सूचीमा चौधरीको नाम पनि अन्तिम समयसम्म चर्चामा थियो । तर, शुक्रबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीले पाउने चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको थियो ।

मन्त्री बन्ने कुरा गौण भएको र मुख्यकुरा संविधान र प्रणाली जोगिएको चौधरीको भनाइ छ । ‘को मन्त्री बन्नु भयो, को मन्त्री हुनु भएन भन्ने मुख्य विषय होइन,’ उनले फेसबुकमा लेखेका छन्, ‘मुख्य विषय प्रणाली जोगिएको छ। संवैधानिक सर्वोच्चता कायम भएको छ र कानूनी राज्यको स्थापना भएको छ ।’

दीर्घकालीन चेत राखेर राजनीति गर्नेका लागि मन्त्री गौण विषय भएको भन्दै चौधरीले पार्टी नै नबनिसकेका बेला गुनासो गर्नुको अर्थ नहुने उनको भनाइ छ ।

‘हामी कठिन मोडमा छौं, यो घडीमा सबैमा धैर्यधारणको जरूरी छ,’ चौधरीको भनाइ छ, ‘यसैले निर्णय गर्नुहुने नेतृत्वलाई अनावश्यक दबाब दिनु जरूरी छैन । पार्टीलाई अझ सशक्त र समृद्ध बनाउँनु जरूरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेस दिनु जरूरी देखिन्नँ ।’

पार्टीबाट मन्त्रीको सिफारिसमा परेका सबैलाई उनले शुभकामना दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर