नेपाल बैंकले सञ्चालनमा ल्यायो शुभज्ञान र शहयात्री बचत योजना – Nepal Press

नेपाल बैंकले सञ्चालनमा ल्यायो शुभज्ञान र शहयात्री बचत योजना

काठमाडौं । नेपाल बैंक लिमिटेडले दसैं, तिहार र छठको अवसरमा दुई विशेष सुविधासहितको बचत खाताहरु सञ्चालनमा ल्याएको छ । विद्यार्थी र दम्पत्तीलाई लक्षित उक्त खाताहरु सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीचको सहकार्यमा ‘शुभज्ञान बचत’ र ‘सहयात्री बचत’ खाता सञ्चालनमा आएको बैंकले जनाएको छ । विद्यार्थीलाई लक्षित ‘शुभज्ञान बचत’र दम्पत्ती लक्षित ‘सहयात्री बचत’ खाता खोल्दा विभिन्न ४ वटा वम्पर अफरहरु प्रदान गरिने भएको छ ।

शुन्य व्यालेन्समा ‘शुभज्ञान बचत खाता’ र ५०० न्यूनतम व्यालेन्समा ‘शहयात्री वचत खाता’ खोल्न सकिने भएको छ । असोज २० गते नेपाल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको हो ।

सो सम्झौतामा नेपाल टेलिकमका चिफ कमर्सियल अफिसर प्रतिभा बैद्य र नेपाल बैंक लिमिटेडका चिफ फाईनान्स अफिसर होम बहादुर खड्काले हस्ताक्षर गरेका छन् ।

उक्त खाताहरु खोल्ने ग्राहकले नेपाल टेलिकमको निशुल्क सीम (विद्यार्थी र दम्पत्तिलाई) उपलव्ध गराइने छ । सिम एक्टिभ भएको मितिले एक महिना सम्म हरेक दिन १० एसएमएस, १०० एमबी डाटा र ४० मिनेट टकटाइम निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ ।

मोवाइल बैकिङ एप चलाउदा १ बर्षसम्म इन्टरनेट शुल्क नलाग्ने र १ महिनाको लागि १ जि।वि। डाटा निःशुल्क उपलब्ध गराउने बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर