नेप्से ६८ अंकले बढ्यो, लगानीकर्तालाई राहत – Nepal Press

नेप्से ६८ अंकले बढ्यो, लगानीकर्तालाई राहत

काठमाडौं । नियामकीय गतिविधिका कारण करिब २ महिनादेखि निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्तालाई आजको कारोबारले भने केही राहत प्रदान गरेको छ । मंगलबार करिब ४४ अंकले बढेको सेयर बजारले आज करिब ६८ अंकको उछाल देख्याे ।

सेयर बजार परिसुचक नेप्से ६८.४७ अंकले बढ्दै २६८१.१० अंकको बिन्दुमा कारोबार बन्द भएको छ । २२७ कम्पनीको ८१ करोड ८९ लाख ८९० कित्ता सेयर खरिद बिक्री भएको नेप्सेमा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको सेय कारोबार भएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत १२.७२ अंकले बढ्दै ५०४.७३ अंकमा कारोबार बन्द भएको छ ।

सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको लाभांश घोषणा गर्न थालेपछि बजारमा वृद्धि देखिएको हो ।नेपाल राष्ट्र बैंकले सेयर कर्जामा गरेको कडाइ र तरलताको अभावको मार खेपिरहेको बैंकिङ प्रणालीबाट पिल्सिएको बजारलाई लाभांश घोषणाले राहात पुर्याएको देखिन्छ ।

विशेषत लघुवित्त वित्तीय संस्था र वित्त कम्पनीहरुले उच्चदरमा आकर्षक लाभांश घोषणा गरेकाले ती समूहका सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यसैगरी जलविद्यूत नियमन आयोगले जलविद्युत कम्पनीहरुले २०० प्रतिशतसम्म हकप्रद सेयर निस्कासन गर्न व्यवस्था गरेकाले उच्च अंकमा घटिरहेको जलविद्युत कम्पनीले गिरावट थामिएको छ । यसैगरी बैंकहरुले पनि १० प्रतिशत देखि २० प्रतिशतको बीचमा रहेर लाभांश घोषणा गरेपनि बैंकिङ समूहको सेयर भने खासै बढ्न सकेको छैन् ।

यसैगरी असोज महिनाको दोस्रो सातामा कर्जा बाराबर निक्षेप संकलन भएको र रेमिटान्स समेत बढकाले सेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ । यसैगरी सरकारले खर्च बढाएको छ । सरकारले केही पुँजीगत खर्च गरेको छ भने दसैंका लागि कर्मचारीको तलब भत्ता तथा पेन्सन वितरणका लागि रकम निकासा दिएकाले पनि बजारमा तरलता सहजत भएको छ ।

यद्यपी बैंक तथा वित्तीय संस्थामा तरलताको अवस्था भने कायम रहेको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ऋणीसँग गरेको सर्तनुसार कर्जा उपव्ध गराउन नसकेको जानकारीहरु प्राप्त भएका छन् ।

बजार बढ्नुको अर्को सबैभन्दा शक्तिशाली कारण भनेको नेपाल राष्ट्र बैंकले मार्जिन कर्जाको सिमालाई हेरफेर गर्न लागेको भन्ने समचार पनि हो । नेपाल राष्ट्र बैंकले मार्जिन कर्जा सम्वन्धी सिमा बढाउने तथा बजारमा तरलतालाई सहजता दिनका लागि पहिलो त्रैमासिक समिक्षा मार्फत गर्न लागेको तथा अर्थमन्त्रालयको चासोका सम्वन्धका जानकारी बजारमा लगानीकर्ताहरु उत्साहित भएको देखिन्छ ।

माथि उल्लेखित विष्लेष्णहरु आधारभुत विषयवस्तु भएपनि लगानीकर्ताको मनोबिज्ञान र सेयर माग र आपुर्तीका कारण बजार घट्ने र बढ्ने मान्यता राखिन्छ । यद्यपी नेपालमा केही सीमित लगानीकर्ताको इच्छा र चाहानानुसार बजार बढ्ने र घट्ने गरेको पनि बताउने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर