वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा भट्टराई र ऋण असुली न्यायाधीकरणको सदस्यमा रेग्मी नियुक्त – Nepal Press

वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा भट्टराई र ऋण असुली न्यायाधीकरणको सदस्यमा रेग्मी नियुक्त

काठमाडौं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपीचन्द भट्टराइलाई तोक्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसैगरी बैठकले ऋण असुली न्यायाधिकरणको रिक्त कानुन सदस्य पदमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गरेकाे छ ।

मन्त्री कार्कीका अनुसार सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ र विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषता सेक्युरिटी फिचर्स स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै यही असोज २४ गतेदेखि असोज २८ गतेसम्म हुने असंलग्न आन्दोलनमा सहभागी देशको कमोरेटिभ हाइलेभल मिटिङमा परराष्ट्रमन्त्रीको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने पनि सरकारले निर्णय गरेकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर