सेयर बजार सुधारका लागि चेम्बरको १० सुझाव – Nepal Press

सेयर बजार सुधारका लागि चेम्बरको १० सुझाव

काठमाडौं । पुँजीबजारमा देखिएको अस्वाभाविक गिरावटप्रति नेपाल चेम्वर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको भन्दै १० वटा सुझाव दिएको छ ।

लगानीकर्तामा निराशा र हतोत्साहित मनस्थितिमा पुगेको भन्दै गहनरूपमा विश्लेषण गरेर मात्र नीति नियम ल्याउनुपर्ने चेम्बरले बताएको छ ।

सेयर बजार सुधारका लागि यस्ता छन् चेम्बरका सुझाव :

१. नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा निर्धारण गरेको ४ करोड र १२ करोडको कर्जा सीमा नै मुख्य कारण रहेकोले उक्त सीमा पूर्ववत नै कायम गर्नु पर्ने ।

२. नेपाल स्टक एक्सचेञ्ज लि., तथा नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बजारमा अनेक किसिमका विकृतिहरू देखा परेको र नीतिगत रूपमा सम्बोधन हुनु पर्ने एजेन्डाहरू सम्बोधन नहुँदा बजार अनिर्णयको अवस्थामा पुगेकोले यथासम्भब उल्लेखित निकायहरुको विवाद समाधान गरि नयाँ नेतृत्व ल्याइनु पर्ने ।

३. नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायहरुले नीति नियम तर्जुमा गर्दा निजी क्षेत्रसँग पनि समन्वय गरी गरिनु पर्ने ।

४. हाल संस्थागत लगानीकर्ताभन्दा व्यक्तिगत लगानीकर्ताको संख्या बढी रहेको र व्यक्तिगत लगानीकर्तालाई ७.५ प्रतिशत, संस्थागत लगानीकर्तालाई २५ प्रतिशत करको दर रहेकोले संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्दै यस अगाडि बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्न छुट भएकोमा हाल आएर रोक लगाईएकोले माग र आपूर्तिमा सामन्जस्यता ल्याउन बैंक तथा वित्तिय संस्थाहरुलाई पूर्ववत रुपमा पूँजी बजारमा लगानी गर्न खुला गरिनु पर्ने ।

५. अन्तर्राष्ट्रियरूपमा अभ्यासमा रहेको स्टक ब्रोकरमार्फत सेयर खरिदका लागि ब्रोकर कम्पनीमार्फत मार्जिन कर्जाको व्यवस्था गर्ने विषयलाई अनिवार्यरूपमा लागू गरिनु पर्ने जसले गर्दा बजारमा देखिने माग र आपूर्तिको अवस्थालाई सन्तुलित राख्न सहयोग पुग्ने र लगानीकर्ताहरुले सहज सेयर खरिद कर्जा प्राप्त गर्न सक्ने ।

७. संस्थागत स्टक डिलर, मार्केट मेकरजस्ता संस्थाहरूलाई बजारमा ल्याइनु पर्ने ।

८. हाल बजारमा जो कोहीले पनि बजारको बारेमा अध्ययन अनुसन्धानका नाममा बजारलाई प्रभावित पार्ने नियमन गर्न ।

९. हाल धेरै भन्दा धेरै अनलाइन सञ्चालनमा आएको र सेयर बजारका बारेमा आफू अनुकूल वा विभिन्न व्यक्ति वा समूहको हितमा सेयर बजारसम्बन्धी समाचारहरू सम्प्रेषण तथा प्रकाशन गर्ने गरेको र जसले गर्दा बजारमा साना तथा नयाँ लगानीकर्ताहरूमा थप अन्यौलता पर्ने हुँदा पुँजी बजारसँग सम्बन्धित समाचार सम्प्रेषण गर्ने मिडियाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनु पर्ने वा नेपाल धितोपत्र बोर्डले यस सम्बन्धमा आचरसहिता बनाइ लागु गरिनु पर्ने ।

१०. सेयर कारोबार गर्दा हुने रकम भुक्तानी तथा प्राप्ती गर्दा कायम रहेको विधुतिय माध्यमबाट हुने भुक्तानीको सिमा खुल्ला गरिनु पर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर