सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा, अर्को पेसी कार्तिक ७ गते – Nepal Press

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा, अर्को पेसी कार्तिक ७ गते

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्चमा दायर रिटको सुनुवाइ सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा रहेको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

उक्त रिटको अर्को पेसी आगामी कार्तिक ७ गतेका लागि तोकिएको छ । यस अघि साउन १८ असोज तोकिएको पेसी पनि हेर्न नभ्याइनेमा राख्दै असोज १८ गतेको लागि पेसी तोकिएको थियो ।

गत जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए ।

१४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना सांसद छन् ।

नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारबाहीमा परेपछि सांसद पदमुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कुल सदस्यको २० प्रतिशत मान्दा १०।४ हुन्छ । ५३ सांसद सङ्ख्या गणना गर्दा १०।६ जना हुन्छ ।

संविधानको धारा १६८ को उपधारा ९९० मा कुल सदस्य सङ्ख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै रिट निवेदन गर्दा गरिएको थियो ।

सर्वोच्च अदालतले जेठ ३० गते निवेदकको मागबमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो रु आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित १५ दिनभित्र सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयबाट लिखित जवाफ पेस गर्न भनिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर