काठमाडौंका लागि अमितको अर्धशतक ! – Nepal Press

काठमाडौंका लागि अमितको अर्धशतक !

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोजविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको काठमाडौं किङ्ग्स–११ का लागि अमित श्रेष्ठले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा वान् डाउनमा क्रिजमा उत्रिएका अमिले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन् । तेस्रो ओभरमा १६ रन जोडेर दुवै ओपनरलाई गुमाएको काठमाडौंका लागि अमितले रायन बर्लसँग ९५ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ सम्हालेका हुन् ।

१३.४ ओभरको खेल सकिँदा काठमाडौं ११२÷२ को अवस्थामा छ । अहिले क्रिजमा रहेका अमित ५२ र बर्ल ३३ रन बनाएर खेलिरहेका छन् । काठमाडौं आजको खेलमा जित हासिल गरे प्ले अफमा पुग्ने चौथो टोली बन्ने छ ।

चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स यसअघि नै प्लेअफमा पुगिसकेके छन् । आजको खेलमा काठमाडौंले जित निकाले साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *