माल्दिभ्समा अल्मुताइरीको असन्तुष्टी: बरु मलाई प्रेसमिटमा नबोलाउनु ! – Nepal Press

माल्दिभ्समा अल्मुताइरीको असन्तुष्टी: बरु मलाई प्रेसमिटमा नबोलाउनु !

माले । नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको आयोजकसँग गुनासो गरेका छन् । अन्य देशका प्रशिक्षकबराबर आफूलाई महत्व नदिएको भन्दै उनले आयोजक माल्दिभ्ससँग गुनासो गरेका हुन् ।

साफ च्याम्पियनसीपको आधिकारीक पोर्टलमा अन्य देशका प्रशिक्षकले बोलेको कुरालाई स्थान दिएको तर नेपालको हकमा त्यो लागु नगरेकाले अल्मुताइरीको असन्तुष्टि छ । उनले आफ्नो असन्तुष्टी फेसबुकमार्फत पनि उजागर गरेका छन् ।

आफ्नो सोसल साइटमा उनले लेखेका छन्, ‘सबै देशको प्रशिक्षकको कुरा राख्ने तर मलाई वेवास्ता गर्ने परिपाटी सैह्य हुँदैन । यदी तपाईंले अन्य देशका प्रमुख प्रशिक्षकजस्तै मसँग व्यवहार गर्न सक्नुहुन्न भने पत्रकार सम्मेलनमा मलाई नबोलाउनुस् ।’

उनले यस विषयमा पहिले नै आयोजक कमिटीलाई अवगत गराएका थिए । तर, कुनै प्रतिक्रिया नआएपछि आफ्नो सोसल मिडियामा लेखेको टिम व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए ।

‘हामीले यस विषयमा कुरा राखेका थियौं, तर कसैले चासो देखाएका छैनन्,’ उपाध्यायले भने ।

नेपालले शुक्रबार राती भएको उद्घाटन खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । प्रतियोगिताको फितलो व्यवस्थापनलाई लिएर यहाँ धेरैले प्रश्न उठाएका छन्।


प्रतिक्रिया

One thought on “माल्दिभ्समा अल्मुताइरीको असन्तुष्टी: बरु मलाई प्रेसमिटमा नबोलाउनु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर