इन्टरनेट र केवुलका तार नकाट्ने सहमति, समस्या समाधानका लागि बन्यो समिति – Nepal Press

इन्टरनेट र केवुलका तार नकाट्ने सहमति, समस्या समाधानका लागि बन्यो समिति

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना पोलबाट इन्टरनेट तथा केबलको तार नकाट्ने भएको छ । आज उर्जामन्त्री पम्फा भुषालको उपस्थितिमा सम्पन्न बहुपक्षीय वार्ताले यस्तो सहमति गरेको हो ।

पोल भाडा नतिरेको भन्दै प्राधिकरणले हिजो देशभरका वितरण कार्यालयमार्फत इन्टरनेट र केबुलका तार काट्न सुरु गरेको थियो । यसबाट उपभोक्ताको अधिकार हनन भएको भन्दै तिव्र विरोध भएपछि प्राधिकरण पछि हटेको हो ।

आज भएको वार्तामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम् उपस्थित थिए । यस्तै दुरसञ्चार प्राधिकरण तथा केवल र इन्टरनेट व्यवसायीको पनि प्रतिनिधित्व थियो । वार्तामा तार नकाट्ने र काटिएकाको तत्काल जोडेर सेवा सुचारु गर्ने सहमति भएको एक सहभागीले जानकारी दिए ।

सो वार्ताले समस्याको दिगो समाधानका लागि सबै पक्षहरुको संलग्नतामा एक समिति गठनसमेत गरेको छ । सञ्चार मन्त्रालयका सहसचिव विनोद सिंहको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिलाई २ महिनाकाे समय दिइएकाे छ ।

समितिमा उर्जा मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केवुल व्यवसायी र इन्टरनेट व्यवसायीको प्रतिनिधित्व रहने छ । समितिका सदस्य सचिवमा सहसचिव अनुप नेपाललाई तोकिएको छ । सञ्चार मन्त्रालयको पहलमा आजको वार्ता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *