एमालेमा ७० वर्षे ब्याख्या- बीचमै उमेर कटे पनि पूरै कार्यकाल जिम्मेवारी निर्वाह गर्ने – Nepal Press

एमालेमा ७० वर्षे ब्याख्या- बीचमै उमेर कटे पनि पूरै कार्यकाल जिम्मेवारी निर्वाह गर्ने

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद कायम राख्दै त्यसको थप व्याख्या गरेको छ । ७० वर्ष पूरा भएपछि कार्यकारी पदबाट बिदा हुने कि नहुने भन्ने विधान महाधिवेशनका सहभागीहरूको प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले ७० वर्ष पूरा नहुँदसम्म कुनै पनि पदमा उम्मेदवार बन्न पाउने बताए ।

कुनै व्यक्ति कार्यकारी पदमा निर्वाचित भएपछि बीचमै ७० वर्ष पुगेमा पनि उसले सो कार्यकाल भरी जिम्मेवारी निर्वाह गर्ने पौडेलले जानकारी दिए ।

उदाहरणका लागि अध्यक्ष केपी शर्मा ओली फेरि अध्यक्ष निर्वाचित भएमा यसबीचमा ७० वर्ष पूरा भए पनि उनले पूरै ५ वर्ष अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउँनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर