साहस ऊर्जाको आईपीओ बाँडफाँट, ६ लाख ४४ हजारको हातमा सेयर – Nepal Press

साहस ऊर्जाको आईपीओ बाँडफाँट, ६ लाख ४४ हजारको हातमा सेयर

काठमाडौं । साहस ऊर्जा लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बिहान आईपीओ बाँडफाँट गरेको हो ।

एनआईबीएलका अनुसार आवेदकमध्ये ६ लाख ४४ हजारजनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए ।

कम्पनीमा परेको आईपीओमा ११ हजार ९९६ जनाले आवेदन रद्ध भएको थियो जसमा ५ हजार २५८ वटा आवेदन अस्वीकृत गरिएको थियो । कम्पनीले ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर