दुर्गा प्रसाई एमालेमा सक्रिय, विधान महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी – Nepal Press

दुर्गा प्रसाई एमालेमा सक्रिय, विधान महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी

काठमडौं । विएण्डसी मेडिकल कलेजका सञ्चालकसमेत रहेका चर्चित व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेको विधान महाधिवेशनको प्रतिनिधि बनेका छन् ।

यसअघि माओवादी आन्दोलनसँग नजिक रहेका प्रसाई नेकपा एकीकरणपछि केपी ओली र प्रचण्डबीचको मध्यस्थकर्तासमेत बन्न खोजेका थिए । तर प्रचण्डले जसरी पनि आफ्नो पार्टीको सरकार ढाल्ने खेलमा लागेको भन्दै प्रसाई ओलीको पक्षमा उभिएका थिए ।

बेला बेला विवाद र चर्चामा आइरहने प्रसाईले माओवादी कोटाबाट चिकित्सा शिक्षा आयोगको अध्यक्ष बनेका डा. श्रीकृष्ण गिरीले बिएण्डसी कलेजलाई सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको बताएपछि माओवादीबाट टाढिएका थिए ।

प्रसाई यसपटक एमालेको विधान महाधिवेशनमा प्रतिनिधि बनेर गोदावरी पुगेका छन् । प्रसाईलाई झापाबाट महाधिवेशन प्रतिनिधि छनौट गरिएको एमालेले जनाएको छ ।

प्रसाईले झापामै पुर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गरिरहेका छन् भने उनी मार्सी वियरको ब्राण्डिङमा पनि छन् । प्रसाईले आफू अब एमालेको राजनीतिमा क्रियाशील हुने नेपाल प्रेसलाई बताए ।

राजनीति आफ्नो लागि नयाँ नभएको भन्दै मुुलुकको समृद्धिको नेतृत्व एमालेबाट सम्भव देखेर विधान महाधिवेशनको थलोबाट आफू सक्रिय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर