गगनको गर्जन– कांग्रेस एक्लै चुनाव लड्छ, सबै कम्युनिस्ट मिलेर आए पनि बहुमत ल्याउँछौं (भिडिओ) – Nepal Press

गगनको गर्जन– कांग्रेस एक्लै चुनाव लड्छ, सबै कम्युनिस्ट मिलेर आए पनि बहुमत ल्याउँछौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य थापाले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने बताए ।

‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ’, थापाले भने ।

स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै नेता थापाले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने बताए । ‘अहिलेकै अवस्थाबाट हामीले देश र जनतालाई ढुक्क बनाउन सक्दैनौं । त्यसका लागि पार्टीभित्र शुद्धीकरण गर्नुपर्छ, सुधार गर्नुपर्छ’, थापाले भने ।

 


प्रतिक्रिया

3 thoughts on “गगनको गर्जन– कांग्रेस एक्लै चुनाव लड्छ, सबै कम्युनिस्ट मिलेर आए पनि बहुमत ल्याउँछौं (भिडिओ)

    1. केको हर्नु तागत बहुमत कामाउनिष्ठलाई पचेन

  1. को कुरा गरेको होला ? सत्ता साझेदारहरुले आत्महत्या गर्छु भन्न थालिसके। उहॉहरुलाई ६५ सिट त दिनुपर्छ भन्ने लाइलाछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर