ग्यालेक्सी टिभीको नियमित प्रशारण सुरु, रवी लामिछानेले ‘सिधा कुरा’ चलाउने – Nepal Press

ग्यालेक्सी टिभीको नियमित प्रशारण सुरु, रवी लामिछानेले ‘सिधा कुरा’ चलाउने

काठमाडौं । सञ्चारकर्मी रवी लामिछानेले सुरु गरेको ग्यालेक्सी फोरके टीभीको नियमित प्रशारण आजबाट सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज टेलिभिजनको शुभारम्भ गरे ।

करिब ७ महिना अघि टिभीको घोषणा भएको थियो । आज आयोजित शुभारम्भ कार्यक्रममा टिभीमा प्रशारण हुने केही कार्यक्रमहरुबारे जानकारी दिइए । जसअनुसार रवीले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्नेछन् । यसअघि उनले न्यूज २४ टेलिभिजनमा ‘सिधाकुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका थिए । सोही नामको कार्यक्रम उनले ग्यालेक्सी टिभीमा निरन्तरता दिन खोज्दा विवाद भएका थियो । अहिले नाममा संसोधन गर्दै ‘जनतासँग’ हटाइएको छ ।

ग्यालेक्सी टिभीमा थुप्रै फ्रेन्चाइज रियालिटी शोहरु समावेश गरिएको छ । नायक राजेश हमालले ‘को बन्छ करोडपति’ कार्यक्रम चलाउनेछन् । अभिनेता दिपकराज गिरीको प्रस्तुतिमा भारतीय टेलिभिजनको फ्रेन्चाइजका रुपमा क्राइम पेट्रोल सञ्चालन हुने छ । यस्तै भारतीय टिभीकै फ्रेन्चाइज सारेगामप लिटल च्याम्प पनि प्रशारण हुने टेलिभिजनले जनाएको छ ।

यस्तै, वरिष्ठ सञ्चारकर्मी विजवय कुमारले ९ बजे नामक टकशो सञ्चालन गर्नेछन् । यस्तै रमेश प्रशाइले पनि टक शो चलाउनेछन् ।


प्रतिक्रिया

One thought on “ग्यालेक्सी टिभीको नियमित प्रशारण सुरु, रवी लामिछानेले ‘सिधा कुरा’ चलाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *