हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड नियुक्त – Nepal Press

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड नियुक्त

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यसअघि संचालक समितिमा रहेका श्रेष्ठ निर्माण व्यवसायी समेत हुन् । उनी एनबी कन्स्ट्रक्सनका मालिक हुन् । यसअघि तुलसी गौतम हिमालयन बैंकको सञ्चालक रहेका थिए । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको नेपालको दोस्रो ठूलो मर्जरमा कर्मचारी सञ्चय कोषका प्रशासकसमेत रहेका तत्कालीन हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले अस्वाभाविक सक्रियता रहेको भन्दै उनी विवादमा तानिएका थिए ।

रकम अपचलनको आरोप लागेका गौतमलाई सरकारले कर्मचारी सञ्चय कोषको कोष प्रशासकबाट हटाए पनि सर्वोच्च अदालतले भने सरकारका नाममा अन्तरिम आदेश दिँदै तत्काल पदबाट नहटाउन भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर