पोखराविरुद्ध मोहम्मद शहजादको अर्धशतक ! – Nepal Press

पोखराविरुद्ध मोहम्मद शहजादको अर्धशतक !

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा पोखरा राइनोजविरुद्ध १ सय २४ रनको लक्ष्य पछ्याइरहेको चितवन टाइगर्सका लागि मोहम्मद शहजादले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा चितवनका लागि ओपनिङमा आएका शहजादले ३५ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् । उनले भीम सार्कीसँग साझेदारी गर्दै चितवनलाई लक्ष्यतर्फ डोर्याइरहेका छन् ।

१२ ओभरको खेल सकिँदा चितवन ७९/१ को अवस्थामा ब्याटिङ गरिरहेको छ । चितवनका लागि भीम २३ र शहजाद ५१ रनमा अविजित छन् । जितका चितवनलाई ४५ बलमा ४८ रन आवश्यक छ ।

पोखराका लागि विक्रम शोबले एक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर